नेपाल सरकार, शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्रअन्तर्गत सञ्चालनमा रहेका २९ वटा शैक्षिक तालिम केन्द्रहरु मध्ये शैक्षिक तालिम केन्द्र कैलाली पनि एक केन्द्रको रुपमा रहेको छ । कैलाली जिल्लाको श्री पञ्चोदय माध्यमिक विद्यालयको परिसरभित्र यो तालिम केन्द्र अवस्थित छ । वि सं २०४४ सालमा विज्ञान शिक्षा विकास इकाईका रुपमा स्थापना भई २०५० सालमा माध्यमिक शिक्षा विकास इकाईको नामले पुनः परिचित हुँदै क्रमसः २०६०∕६१ देखि शैक्षिक तालिम केन्द्र कैलालीको रुपमा रुपान्तरित भएको हो । शुरुमा अछाम र कैलाली, त्यसपछि डडेल्धुरा र कैलाली जिल्लाका विद्यालयहरु यस तालिम केन्द्रको सेवाक्षेत्र भित्र रहेकोमा  वर्तमानमा भने कैलाली जिल्लामात्र सेवाक्षेत्रभित्र सीमित रहेको छ । विद्यालय शिक्षा प्रणालीमा कार्यरत सबै शिक्षकहरुको पेसागत कार्यक्षमता एवं दक्षता अभिवृद्धि गरी समग्ररुपमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न प्रकारका अल्पकालीन शिक्षक प्रशिक्षणहरु सञ्चालन गर्नु नै तालिम केन्द्रको प्रमुख कार्य रहिआएको छ। यस तालिम केन्द्रबाट विशेष गरी शिक्षक पेसागत क्षमता विकासका लागि विषयगत तथा साधारण मोड्युलर तालिम,प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिमका साथै शैक्षिक जनशक्ति विकास केन्द्रबाट प्राप्त विविध प्रशिक्षण कार्यक्रमहरु सञ्चालन हुँदै आएकाछन् । यसका अतिरिक्त तालिम सामग्री निर्माण तथा विकास, प्रवर्तनात्मक कार्यहरु सञ्चालन र प्राविधिक सहायता प्रदान जस्ता कार्यहरु हुने गरेका छन् । शिक्षक पेसागत विकाससम्बन्धी कार्यहरु निरन्तर रुपमा चलिरहने कार्यक्रमहरु हुन् त्यसैले आगामी दिनमा पनि शिक्षक पेसागत विकासको प्रारुप २०७२ अनुरुप प्रमाणीकरण...

बाँकी हेर्नुहोस् ...

Top